केशबराज ज्ञवाली
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । संविधानमा उल्लेख भएतापनी बास्तबमा वार्डहरु अधिकार सम्पन्न नभएको पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमको भनाइ रहेको छ । जबसम्म आर्थिक अधिकार वार्डमा हुदैन तबसम्म जतिसुकै गफ गरेतापनी स्थानीय सरकारको अनुभुती जनताले गर्न नसक्ने पनि उनको धारणा छ।
के गर्दैछ स्थानीय सरकार ? अर्घाखाँचीडट्कमको अभियान अन्तर्गत स्थानीय सरकार प्रमुखको हैसियतमा कुरा गर्दै अध्यक्ष गौतमले उक्त कुरा बताएका हुन । पाणिनी गाउँपालिकाको बिकासमा आफू दत्तचित्त भएर लागिपरेको दाबी गर्दै उनले अबको केही समय भित्र पाणिनी गाउँपालिकालाइ पुर्ण रुपमा आत्मनिर्भर बनाउने दाबी गरे ।
सुन्तला ,मासु, अण्डा बाहिर निर्यात गरिरहेको बताउदै उनले अब २ भित्रमा आलुको बिउ पनि निर्यात गर्न सक्ने अबस्थामा पालिका पुग्ने उल्लेख गरे ।
किसानलाइ प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान दिने गरेको पनि उनले बताए । खेती गत्न भन्दा पहिलेनै आर्थिक अनुदान दिन उचित नहुने भन्दै उनले प्राबिधिक सहयोग गरेमा उत्पादन वृद्धि र लागत पनि कम लाग्ने बताए । आफू पनि कृषि पेशामा नै निर्भर रहेको र कृषि मा सन्तुष्ट रहेको उनको भनाइ छ ।
भ्रष्टाचार र सुशासनको बिसयमा कुरा गर्दै अध्यक्ष गौतमले अरु माथी प्रश्न उठाउन आफू सच्चिन पर्ने बताए । सार्बजनिक पदमा बसेर सम्पत्ति सार्बजनिक गर्न पछी पर्न नहुने भन्दै हरेक असल र पारदर्शी कामको सुरुबात आफू बाटै सुरु गर्न सबैलाई अपिल गरेका छन ।
देश राजनितिक बिकृतिमा फसिसकेको र यो बिकृती निर्मुल नभएसम्म देशले गति लिन नसक्ने पनि गौतमको भनाइ थियो ।
राजनितिक दल र जनप्रतिनिधिले चुनाबताका जनतालाई ठुला ठुला सपना देखाएको तर अहिले पूरा गर्न नसक्दा जनतामा जनप्रतिनिधिप्रती बिस्वास घटेको पनि अध्यक्ष गौतमले अर्घाखाँची डटकमलाइ बताए । जनप्रतिनिधिले सपना देख्न हुने तर जनतालाइ पुरा गर्न सक्ने मात्र सपना देखाउनु पर्ने उनको भनाइ छ ।
आफू र अन्य जनप्रतिनिधिको बिसयमा कुरा गर्दै अध्यक्ष गौतमले आफुहरु ५ बर्षको लागि जनताको सेवक भएको र सेवामा कमि हुन नदिने बताए । राजनिती चुनाबमा मात्रै गर्ने चिज हो भन्दै गौतमले अन्य समयमा जनताको सेवक भएरै काम गर्नुपनि सबै जनप्रतिनिधिलाई अपिल गरेका छन ।
रास्ट्रीय राजनितिको विषयमा कुरा गर्दा गौतमले संघ र प्रदेशले पनि राजनीतिक बिकृतिबाट माथी उठेर जनताप्रती उत्तरदायी भएर काम गर्न सके देशले कोल्टे फेर्न समय नलाग्ने बताए ।