रायमाझीद्धारा अर्घाखाँचीमा पहिरोका कारण विस्तापित परिवारलाई नयाँ वस्ती स्थानान्तर गर्न पहल

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका शितगंगा, सन्धिखर्क र भूमिकास्थान नगरपालिकामा पहिरोका कारण विस्तापित परिवारलाई नयाँ वस्ती स्थानान्तर गर्न पहल भएको छ । 
पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले गृह मन्त्री राम बहादुर थापालाई भेटी शितगंगा, सन्धिखर्क र भूमिकास्थान नगरपालिकामा पहिरोका कारण विस्तापित परिवारलाई नयाँ वस्तीमा स्थानान्तर कार्यन्वयनको लागी लिखित पत्र हस्तान्तरण गर्नुभएको हो ।
रायमाझीले पहिरो गएको स्थानमा खानी तथा भुगर्व विभागबाट खटिएको प्राविधिक टोलीबाट विभिन्न माध्यमबाटरा अध्यान अनुसन्धान भैसकेको र जिल्ला स्थित विपतव्यवस्थापन समितिले समेत अध्यान गर्दा वस्नै नमिल्ने गरी जमिन उथलपुथल भइ पहिरो गइ वस्तीहरु वगाएको हुँदा नयाँ वस्तीमा स्थानान्तर कार्यन्वयनको लागी लिखित पत्र हस्तान्तरण भएको थियो । 
गत असोज ६ , ७ र ८ गते आएको अबिरल बर्षाका कारण अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका का वडा नं. ११ को ढुङगेसेरा र डुम्सी गाँउ सोही पालिकाकै वडा नं. १२ को कोठिया मैदान गाँउ का साथै सन्धिखर्क नगरपालिका वडा न. ७ को भुजुङ्गे गाँउ र भुमिकास्थान नगरपालिका वडा नं. ९ को सुवर्णखाल गाँउका मा गएको भिषण पहिरोका कारण तपशिल बमोजिमका घरधुरी परिवारहरु विस्थापित भै त्रिपाल मुनी वसिरहेका छन ।
विस्थापित घरधुरी परिवारहरुलाई तुरुन्तै वस्ती स्थानान्तर गर्नुपर्ने भएको हुँदा कार्यन्वयनको लागी लिखित पत्र हस्तान्तरणमा निम्न तपशिल बमोजिमका विस्थापित घरधुरी परिवारहरु उल्लेख गरिएको छ:- 
१) शितगंगा नगरपालिका का वडा नं. ११ को ढुङगेसेरा र डुम्सी गाँउका १८८ घरधुरी परिवारहरु ।
२) शितगंगा नगरपालिका का वडा नं. १२ को कोठिया मैदान गाँउका ८२ घरधुरी परिवारहरु ।
३) सन्धिखर्क नगरपालिका वडा न.ं ७ को भुजुङ्गे गाँउका १२ घरधुरी परिवारहरु ।
४) भुमिकास्थान नगरपालिका वडा नं. ९ सुवर्णखाल गाँउका ३ घरधुरी परिवारहरु ।

अन्य समाचारहरु