अर्घाखाँची डट्कम सम्बाददाता – चिदिका-१ बडडाडा छत्रदेव , दशैको टीका थाप्न भनी माइती हिडेकी छत्रदेव १ चिदिका बडडाडा कि एक महिला हिजो दिउँसो देखि हराएकी छिन।
हराएकी महिलाको नाम करिश्मा कुमाल , घर चिदिका -१ बडडाडा छत्रदेवमा रहेको र निजको ६ बर्ष अघि सोही गाउका गोबिन्द कुमालको छोरा बर्ष २७ का नारायण कुमाल सग मागी बिबाह भएको ,हराउने निज महिलाका श्रीमान रोजगारीको शिलशिलामा बिगत २ बर्ष देखि कतारमा रहि कतार स्थित एक कम्पनीमा स्काफ फोल्डरको रुपमा काम गर्दै आएका थिए।
श्रीमान बिदेशमा रहेको , यता घरबाट टीका लगाउन माइती सन्धिखर्क नगरपालिका- ५ बलेबाङ हिडेकी निज महिला बिचमा ठुली आमाको हातबाट टीका लगाएको त्यसपछि भने सम्पर्क नभएको , माइती नगएको पारिबारिक सुत्रले अर्घाखाँची डटकमलाई बताएका छन।
निज महिलाका २ वटि छोरीहरु २ र ५ बर्षका रहेको र दशैको दिन छोरीहरुलाई घरमै छोडी टिका लगाइ तुरुन्तै फर्कन्छु भनी माइती हिंडेकी ,घरबाट हिडेको तर सम्पर्क बिहिन भएको अवस्थामा खोजी दिन भनी परिवारका सद्स्यहरुले आग्र्ह गरेको ,साथै बल्कोट स्थित प्रहरीमा सम्पर्क गरेको जनाएका छन।
कतारमा रहेका निज महिलाको श्रीमानले आफ्नो सासूको नाममा श्रीमतीलाई पटक पटक गरि ३ लाख रुपैया पठाएको नारायण कुमालले डटकमलाई जानकारी गराएका छन। यसैगरि निजका श्रीमानले हराएकी आफ्नो श्रीमतीलाई खोजी दिन अनुरोध गरेका छन।