अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क-गोरुसिङ्गे सडक खण्ड अन्तरगतका नरपानीमा प्रहरीले सवारी साधनका चालक ,सह-चालक र सवार यात्रुहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएको छ ।
सन्धिखर्क-गोरुसिङ्गे सडक खण्ड अन्तरगतका नरपानीमा प्रहरीले सवारी साधनका चालक ,सह-चालक र सवार यात्रुहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएको हो ।
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय तथा मातहत समेत बाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले जिल्लाको बिभिन्न स्थानहरुमा सवारी साधन चेकजाँचको क्रममा बिभिन्न सवारी साधनका चालक ,सह-चालक र सवार यात्रुहरुलाई समेत सडकमै जम्मा गरी दुर्घटना न्युनिकरण, सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु,सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने शाब्धानि,हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस सम्बन्धि चालक सहचालक १ पटकमा २५ जना ,सर्बसाधरण हरु १ पटकमा २० जना गरी जम्मा ३ पटकमा ४५ जनालाई सडकमै जम्मा गरी प्रशिक्षण दिएको छ ।
प्रहरीले प्रशिक्षणका साथै बिभिन्न ट्राफिक जनचेतनामुलक सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरेको थियो ।