हलिम खान
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीको भद्र खोला,बागी खोला र घोचे खोलामा आज मङ्गलवारको दिन बिहान करिब ८ बजे देखि जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीको पहलमा पार्किङको ब्यवस्थापन भएको छ।
गत सालको बर्खा देखि पार्किङमा केही समस्या भएको थियो र हिउद लागे देखि देखीखोलामा पानी बाहाब कम भए सङ्गै पार्किङ लाई निरन्तरता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रहरी हवल्दार रण बहादुर सिंहले जानकारी दिनु भएको छ।
यस बाट बजार बाट गाउँ सम्म चल्ने सम्पुर्ण सवारी साधन हरुले उक्त पार्किङ स्थलमा पार्किङ गरि पार्किङ स्थल अभाव नभएको महसुस गरेका छन।
पार्किङ स्थलको निर्माणको आर्थिक सहयोग सन्धिखर्क नगरपालिका वार्ड नम्बर्व२ का वार्ड अध्यक्ष मोतिजङ्ग रायमाझीले गर्नु भएको छ।