अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा तिहारको समयमा विद्युत् आपूर्ति पर्यापत हुने भएको छ ।
नेपाल विधुत प्राधिकरण अर्घाखाँचीका अनुसार विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यस पटक भने सामान्य दिनमा भन्दा अझ कम खपत हुने अनुमान छ ।
प्राधिकरणले तिहारभर निर्धक्क भएर बिजुली बाल्न सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।
तिहारका बेला विद्युत् आपूर्तिमा कमि नआउने र ग्राहकले अविछिन्न रुपमा विद्युत्को प्रयोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।
विगतका वर्षहरुको उद्योगधन्दा र कलकारखानासमेत सञ्चालन हुने गरेकाले विद्युत्को माग अत्याधिक हुने गरेको थियो ।
तर यस वर्ष कोरोना महामारीका कारण होटल तथा कलकारखानाहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले विद्युत्को चाप नरहेको प्राधिकरणको भनाइ छ ।
कारणवश कुनै मर्मत गर्नु परेमा बाहेक जिल्लाभर नेपाल विधुत प्राधिकरण अर्घाखाँचीले विद्युत् आपूर्ति नियमित गर्दै आएको छ ।
नेपाल विधुत प्राधिकरण अर्घाखाँचीका कर्मचारीहरु कोरोनाको जोखिम हुँदा हुँदै पनि दिनरात खटिएका छन् । त्यो माथि प्राधिकरणले मर्मत गर्नु परेमा आफ्नो सामाजिक सन्जाल फेसबूकबाट नियमित पुर्व सुचना जारी गर्दै आएको छ ।
साथै पछिल्लो समय दिदै आएको सेवाप्रति जिल्लाबासीहरुले नेपाल विधुत प्राधिकरण अर्घाखाँचीको सराहना गरेको देखिन्छ ।