किर्गिजस्तान राष्ट्रिय समाचार समितिले आज आठ तारिख बिहान जनाएअनुसार,त्यहाँका राष्ट्रपति कुमोन्बेक पाकियेफ र रक्षामन्त्री कालियेफ विमानद्बारा किर्गिजस्तानको दक्षिणी शहर ओसमा पुग्नुभयो।मतभेद रहेका कारण किर्गिजस्तानी विपक्षीदल र राष्ट्रपति पाकियेफका प्रतिनिधिबीचको सम्झौता वार्तामा केही पनि नतिजा प्राप्त हुन सकेन्।
हिजो सात तारिख किर्गिजस्तानमा दङ्गा उत्पन्न भएको थियो र विपक्षीहरुले स्थानीय समय सोही दिन राती संसद भवन आफ्नो कब्जामा लिएका छन्।आज बिहान विपक्षी समर्थकहरुले राष्ट्रपति भवन पनि आफ्नो कब्जामा पारेका छन्।स्थानीय स्वास्थ्य मन्त्रालयका अनुसार,उक्त दङ्गामा परी चालीस जनाको ज्यान जानुका साथै चार सय जति घाइते भएका छन्।