अर्घाखाँचीमा कांग्रेस जिल्ला कार्य समितिको बैठक सम्पन्न, संगठन विस्तारलाई गति दिने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक विभिन्न महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
सो अवसरमा  नेपाली कांग्रेसका केन्दीय सदस्य बालकृष्ण पाण्डेले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएकाले सत्ता साझेदारी बनेर सरकारमा नजाने बताउनुभएको छ । भ्रष्टचार काण्डमा चुलुम्म डुबेको केपी ओली सरकारसँग सरकारमा नजाने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस अर्घाखाँचीको बैंठकलाई सम्बोधन गर्दै नेता पाण्डले दुई तिहाइको सरकारले जनतालाई अभाव, समस्या र पीडा दिएको बताउनुभयो । दुई तिहाइको मतलाई नेपाल कम्युनिष्ट पाटीका शीर्ष नेता आपसी कुर्चीको झगडामा रुमल्लिएर जनताप्रति जिम्मेवार नभएको बताउनुभयो । देश र जनताको भरोसाको एक मात्र पाटी नेपाली कांग्रेस भएको बताउनुभयो ।
नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले पाटी संगठन गुणात्मक रुपमा अगाडी बढेकाले आउँदो निर्वाचनमा पहिलो पाटी बन्न कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले गाउँको हरेक विकास निर्माणमा सहभागी हुन कांग्रेस कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।
गाउँ, वडा, नगरबाट आएका पाटी क्रियाशिल सदस्यतालाई जिल्लाले समर्थन गरी अनुमोदनका लागि पाटी केन्दीय कार्यालयमा पठाउने निर्णय गरेको छ । कोभिड–१९ का कारण अर्घाखाँची जिल्लामा मृत्यु भएका १० जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै कोरोनाको कारण विरामी भएकालाई स्वास्थ्यलाभको कामना गर्दै कोरोना संक्रमणको बेला सतर्क रहन कांग्रेसले आग्रह गरेको छ । यसैबीच गंभिर विरामी भई काठमाडौस्थित अस्पतालमा उपचाररत छत्रदेव गाउँपालिका–६ ठुलापोखरा सभापति खडानन्द पौडेल, खिल्जीका तेजेन्द्र बेल्वासे र सिद्धाराका पुष्करनाथ पोखरेललाई उपचार खर्च उपलब्ध गराउने निर्णय भएको कांग्रेस जिल्ला सचिव विष्णुप्रसाद भुसालले बताउनुभयो । बैठकले संगठन विस्तारलाई गति दिने, आउँदो अधिवेशनलाई व्यवस्थित बनाउने लगायतका निर्णय गरेको छ ।
बैंठकमा कांग्रेस पूर्वजिल्ला सभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भु्साल, उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, सितगंगा नगर सभापति मोती बेल्वासे, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतम लगायत जिल्ला कार्यसमितिका सदस्य, भातृ तथा शुभेच्छुक संघका सभापति तथा प्रतिनिधि एवं कांग्रेस जिल्ला स्तरीय नेताको उपस्थित रहेको प्रचार विभाग प्रमुख माधव पौडेलले जानकारी दिनुभएको छ ।
कांग्रेस सत्तामा जादैन ः नेता पाण्डे


कांग्रेस सत्तामा जादैन ः नेता पाण्डे


कांग्रेस सत्तामा जादैन ः नेता पाण्डे


कांग्रेस सत्तामा जादैन ः नेता पाण्डे