शितगंगा र पाणिनी कोरोना मुक्त भए, संक्रमितको संख्या शुन्य (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका र पाणिनी गाउँपालिका कोरोना मुक्त भएका छन् । यि २ पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । 
शितगंगा नगरपालिकामा संक्रमित संख्या १०३ रहेको र १०१ जनाले कोरोना जितेका छन् । २ जनाको मृत्‍यु भएको छ । यस्तै पाणिनी गाउँपालिकामा संक्रमित संख्या २१ रहेको र १९ जनाले कोरोना जितेका छन् । २ जनाको मृत्‍यु भएको छ ।
उता जिल्लाबाट आजसम्म  ६२२ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २७४  जना, शितगंगा नगरपालिकामा १०१,    भूमिकास्थान नगरपालिकामा १२५, मालारानीमा ७५, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्लामा आजसम्म संक्रमितको संख्या ६८२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३२२ जना, शितगंगा नगरपालिकामा १०३,   भूमिकास्थान नगरपालिकामा १२८,   मालारानीमा ७८,   पाणिनी गाउँपालिकामा २१ र छत्रदेव गाउँपालिकामा ३० जना संक्रमित रहेका छन् ।   
जिल्लामा योसँगै कोरोनाका कारण ११ जनाको निधन भएको छ । 
सोमबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ४९ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।