Inside Story Shitaganga-14 | बिकासको नमुना टुकी र पधेरोमा बिहानी करेचुलीको कहानी

केशवराज ज्ञवाली | तस्बिरहरु: दिपेन्द्र पौडेल
करेचुली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । “जिल्लामा बिकासले तिब्र रुपमा फड्को मार्दैछ ” धेरै जसो नेता कार्यकर्ताहरुको मुखबाट आउने शब्द हो यो तर यो शब्द उच्चारण गर्नेहरुलाइ एउटा गतिलो प्रश्न शितगंगा- १४ करेचुलीले दिइरहेको छ ।
के बिकासले बिकासले फड्को मारिरहदासम्म टुकी बालेर बस्नुपर्ने ? अनि पानीको लागि डोको बोकेर घन्टौंसम्म हिडिरहनुपर्ने ? स्वास्थ संस्थामा एक जना मात्र कर्मचारी छन् ।  बिशेष कारणबश ती कर्मचारीले बिदा लिए जनताले सिटामोल पनि खान पाउदैनन् अनि माध्यमिक शिक्षाको लागि २ घन्टा हिडेर छिमेकी जिल्ला पुग्नुपर्ने के यहि हो त बिकास ? यी र यस्ता प्रश्नहरुले करेचुलीका बासिन्दाको मन भरिएको छ ।
अर्घाखाँचीडट्कमका सिमलपानी सम्बाददाता कमल क्षेत्रीको बिशेष अनुरोध र सहयोगमा सन्धिखर्कबाट दिपेन्द्र पौडेल र म केशवराज ज्ञवाली छिमेकी जिल्ला कपिललबस्तुको बाटो हुँदै त्यहाँ पुग्यौं । हामी त्यहाँ पुग्दा रातिको ८ बजिसकेको थियो गाउँ अन्धकार थियो । हामीलाई लागिरहेको थियो कुनै कारणबश लाइन कटौती भएहोला तर बास्तबिकता त्यस्तो रहेनछ ।
त्यस गाउँमा बिजुलीको तार लगायत पोल तथा अन्य सामग्रीहरु यत्रतत्र देख्न पाइयो तर उज्यालोको लागि भने टुकीको  सहयोग थियो ।  बिद्धुतको काम गर्नको लागि ठेक्का लिएको कम्पनिले समयमा काम सम्पन्न नगर्दा जनताहरु अध्यारोमा बस्न बाध्य छन् ।
करेचुलीमा १७० घरधुरी र छिमेकी गन्दिमा करिब ७० घरधुरी रहेको स्थानियहरुले हामीलाई बताए । ती दुबै गाउँमा बिजुली छैन् ।  यस्तै पानी पनि पधेरोबाट बोक्नुपर्ने रहेछ । आर्थिक बर्षमा लिफ्टिङ प्रबिधिबाट खानेपानीको ब्यबस्थापन गर्नको लागि नगर स्तरिय योजनाबाट रु ७ लाखको योजना परेको थियो तर त्यसबाट नपुग्ने र प्रदेश स्तरिय योजनाबाट पानी ल्याउने भन्दै सो रकम रकमान्तर गरिएको वार्ड प्रतिनिधिहरूको भनाई थियो । तर प्रदेश स्तरिय योजना कहिले हुने हो र पानीको सुबिधा कहिले आउने त्यो पनि अन्योल छ ।
यता स्वास्थ क्षेत्रमा पनि त्यस्तै अबस्था छ । नगर स्वास्थकेन्द्र अन्तर्गत संचालित स्वास्थचौकीमा एकजना अ. हे. ब. मात्र छन् बिशेष कारणले ती अ. हे. ब . बिदामा बसे भने गाउँलेहरु सिटामोल पनि खान पाउने रहेनछन् ।
यि र यस्ता समस्याले भरिएको करेचुली गाउँमा हामी डुल्दै गर्दा त्यहाँका बासिन्दामा शिक्षा र सचेतताको पनि कमि देखियो । अध्ययनको लागि ८ कक्षासम्म गाउँमा पार्बती आधारभुत बिध्यालय छ त्यसभन्दा माथीको माध्यमिक शिक्षाको लागि  खोला तरेर पावर गाउँ तथा छिमेकी जिल्ला कपिलबस्तु जानुपर्ने स्थिती छ । सहज शिक्षा आर्जन गर्ने स्थितिपनी नभएको र सामाजिक चेतनाको पनि कमिका कारण बालबिबाह नरोकिएको देखिन्छ ।
एकजना वृद्ध नातिनीको जन्मदर्ता बनाउन अफ्ठेरो भएको गुनासो गर्दै थिए । किन अफ्ठेरो पर्यो भनी हामीले बुझ्न खोज्यौ अनि धेरै गार्हो मान्दै उनले भने बच्चाको गल्तिले आफ्नै बच्चालाईनै बेबारीशे बनाइ दियो ।
 
ती  बालिका बल्ल पन्ध्र वर्षकी  पुगिन तर उनको साथमा तीन बर्षिय छोरी छन् दुखको अब ती छोरीको जन्मदर्ता आमाबाबुको नाम राखेर बनाउन मिल्ने कानुनी प्राबधान छैन् ।  दु:खको कुरा ती बालिका आमाबाबु, हजुरबुबा, हजुरआमा हुँदाहुँदै बेबारिशे बच्चाको रुपमा जन्मदर्ता लिनुपर्ने अबस्थामा रहिछन् । हामीलाई लाग्यो यो सबै चेतनाको कमि हो ।  यी र यस्ता बिकराल समस्या झेल्नुपरेको करेचुलिबासीलाई !
निर्बाचनको बेलामा ठुला ठुला आश्वासन दिन्छन् अनि चुनाबपछि देखिन्नन स्थानीयहरुको गुनासो छ । आफुलाइ भोट चाहिदा हिडेर घरघर पुग्न सक्ने जनप्रतिनिधिहरु गाउँमा समस्या पर्दा हिड्न नसक्ने भन्दै तर्किने गरेको गुनासो सबै गाउँलेहरुको थियो ।
तस्बिरहरु: दिपेन्द्र पौडेल, अर्घाखाँचीडट्कम

सम्बन्धित समाचार:

अन्य समाचारहरु