शितगंगा उद्योग बाणिज्य संघको दोस्रो अधिवेशन माघ १० गतेका लागि सर्‍यो

सचिन बोहोरा / अर्घाखाँचीडट्कम संवाददाता 
अमराई, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा उद्योग बाणिज्य संघको आगामी पुस  १० गते गर्ने भनिएको दोस्रो अधिवेशन एक महिनाको लागि स्थगित भएको छ । 
शितगंगा उद्योग बाणिज्य संघको दोस्रो अधिवेशन आगामी माघ  १० गते गर्ने गरी स्थगित भएको हो । 
बिशेष कारणले गर्दा पुस  १० गते गर्ने भनिएको स्थगित गरि माघ १० गते सारिएको संघका अध्यक्ष चिन्तराज अधिकारीले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।
साथै बैठकले आउदो शनिबारदेखि  प्रत्येक शनिबार शितगङ्गा भित्रका सम्पुर्ण पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
नियमित अधिवेशन अन्तर्गत दोस्रो अधिवेशनको मिति माघ १० गतेलाई तय गरिएको अधिकारीले बताउनुभयो ।
शितगंगा नगरपालिका ४ अमराईमा मुख्य कार्यालय स्थापना गरी व्यापारीहरुको हकहितको लागि काम गर्ने उद्देश्यले २०७५ सालमा तर्दथ समिति चयन गरी उक्त समितिलाई नै पुर्णता दिइएको थियो ।
अर्को मिति माघ १० गतेलाई तय भएसगै अबको नेतृत्वको विषयमा आन्तरिक रुपमा तयारी थालिएको जनाइएको छ ।
साधारण सभा तथा अबिधेसन तय गरे अनुसार उद्योग बाणिज्य संघमा दर्ता नभएका नयाँ ब्यवसायीहरुका लागी  पुस २५  सम्म दर्ता गर्न समय दिएको छ । भने यसअघि मंसिर  ३० गतेसम्म नबिकरण गर्न सक्ने समय दिइएको थियो । 
हाल शितगंगा उद्योग बाण्ज्यि संघमा ३५० भन्दा बढी सदस्य रहेका छन् । 

अन्य समाचारहरु