ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा महाधिवेशन गर्ने

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् ।
बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको छ । बैठकले विधान संशोधन गरेर २०७८ मंसिर २ गतेदेखि ७ गते गतेसम्मका लागि मिति तोकिएको हो।
आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ।
यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो । सेतोपाटीमा समाचार छ ।