अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका अर्घाखाँचीका ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
ओलीको अध्यक्षतामा बसेको उनको समूहको केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा अर्घाखाँचीबाट ८ जना केन्द्रीय सदस्य थपिएका हुन्।
थपिएका केन्द्रीय सदस्यमा चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका छन्।
ओलीले मंगलबार बालुवाटारमा आफ्नो गुटको केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी ११९९ सदस्यमा विस्तार गरेका छन्। यसअघि नेकपा केन्द्रीय कमिटी ४४७ जनाको थियो।