अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको कोरोना भाइरसविरुद्धकाे भ्याक्सिन प्रयोग गर्न बेलायत सरकारले अनुमति दिएको छ । जीवनलाई सामान्य अवस्थामा फर्काउनको अक्सफोर्डको खोपले नेतृत्व गर्ने त्यहाँको सरकारको विश्वास छ ।
अनुमति सँगै बेलायतले औषधि कम्पनी इस्ट्राजेनेलाई १० करोड भ्याक्सिन बनाउने अर्डर दिएको छ । जुन ५ करोड मानिसका लागि पर्याप्त हुन्छ । मेडिसिन रेगुलेटरको तर्फबाट पनि बेलायतले दिएको अनुमतिलाई सुरक्षित मानेको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन २०२० को जनवरी महिनादेखि बनाउन सुरु गरिएको थियो । त्यसपछि यसलाई अप्रिलमा पहिलो पटक परीक्षण गरिएको थियो । त्यसपछि पनि हजारौं मानिसमा यसको क्लीनिकल ट्रायल भएको थियो । अक्सफोर्डको खोपलाई ९५ प्रतिशत प्रभावकारी मानिएको छ ।
बेलायतमा एस्ट्राजेनेकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ । यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले जनाएको छ ।
यसअघि बेलायतमा अमेरिकामा विकसित फाइजर बायोनटेकको खोप डिसेम्बरबाट दिन शुरु गरिएको थियो । त्यसयता ६ लाख भन्दा बढी बेलायतीलाई कोरोनाको खोप दिइसकिएको छ । एजेन्सी