खाँचीकोटको फुदवाङ, शान्ति बगौँचा, भक्तिटोलामा प्रहरीको जनचेतना मुलक साँस्कृतिक कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं.१ शान्ति बगौँचा, वार्ड नं.२ भक्तिटोला, र वार्ड न. ७ खाँचीकोट स्थित फुदवाङमा प्रहरीको जनचेतना मुलक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची म.बा.बा. तथा जेष्ठ नागरिक से.के. र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा  लुम्बिनि प्रदेश प्रहरी कार्यालय दाङबाट खटी आउनु भएका सांस्कृतिक टोलीको संयुक्त सहकार्यमा सन्धिखर्क नगरपालिका वार्ड नं.१ शान्ति बगौँचा, वार्ड नं.२ भक्तिटोला, र वार्ड न. ७ खाँचीकोट स्थित फुदवाङमा जनचेतना मुलक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।  
साँस्कृतिक कार्यक्रममा लुम्बनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटी आउनु भएका हेमराज गन्धर्व, राजेश गन्धर्व र भरत गन्धर्वले (लैङ्गिक हिंसा, जवरजस्ती करणी, बहुविवाह, बालविवाह, चेलिवेटी वेचबिखन) तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक साँस्कृतिक कार्यक्रम गर्नु भएको थियो । 
उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिका महिला बालबालिका शाखाका प्रमुख बेल कुमारी परियार, अल्पकालिन सेफ हाउसका प्रमुख सुनिता श्रेष्ठ, महिला मानब अधिकार रक्षकका सचिव कमला भण्डारी (भुसाल), देउराली यातायात प्रा.लि.का प्रमुख योगेन्द्र बहादुर खड्का, सन्धिखर्क नगरपालिका वार्ड नं. २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, वार्ड नं.७ का वडासदस्य बिष्णु प्रसाद भुसाल, पत्रकार, बुद्धिजिबी, स्थानियबासी, समाजसेवी, यात्रु, सवारी चालक/सह-चालक, महिला, युवा तथा बालबालिकाहरुको उपस्थित रहेको थियो ।