सन्धिखर्कमा साथी वचत तथा ऋण सहकारी संस्थाकाे ८ औ बार्षिक साधारणसभा सम्पन्न

श्याम घिमिरे / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा साथी वचत तथा ऋण सहकारी संस्थाकाे ८ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । 
आर्थिक उन्नतीको सहयात्री ,तपाई हाम्रो सुःख–दुःखको साथी, भन्ने मुख्य नारा सहीत स्थापित साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क –२ चुत्राबेसीको आठौं बार्षिक साधारण सभा सनिबार सन्धिखर्कमा सम्पन्न भएको हो । कोभिड १९ का कारण जुम प्रविधिको माध्ययमबाट सम्पन्न भएको साधारण सभाको सन्धिखर्क नगरपालीका नगरप्रमुख कमलप्रसाद भुसालले पानसमा दिप प्रज्ववलन गरी कार्यक्रको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले सहकारीको माध्यमबाट बेरोजगार युबाहरुलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफलगरी योजना बनाएर अगाडी बढ्ेमा सहकारीको ब्यापकता अझ बढ्ने बताउनु भयो ।
भुसालले स्थानिय स्तरमा उपलब्धहुने स्रोत साधनको प्रयोगगरी बिभिन्न प्रकारका उद्योग सञ्चालन गर्ने र कृषिलाई आधुनिकिकरण गरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्नेमा जोड दिनुभयो । साथी सहकारी जिल्लाकै एउटा नमुना सहकारी भएको भन्दै नगरप्रमुख भुसालले साथीबाट अन्य सहकारीहरुलेपनि सिको गरी सहकारीताको क्षेत्रमा आमुल परीबर्तन ल्याउन आग्रह समेत गर्नुभयो । उहाँले सहकारीताको माध्ययमबाट बिकासगर्न नगरपालीकाले हरदम सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता,केशब घिमिरेको स्वागत मनतब्य र कार्यकारी निर्देशक प्रकाश भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष धर्मराज भुसालले प्रगति प्रतिबेदन,कार्यकारी निर्देशक प्रकाश भुसालले संस्थाको प्रस्तावित कार्यक्रम बजेट तथा निति र योजना एवं लेखा संयोजक नेत्र प्रसाद भुसालले लेखा समितिको तर्फबाट तयार पारीएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा असल ऋृणकर्ताहरु रीता रायमाझी, राम बहादुर सुनार,यमकला खनाल तथा असल बचत कर्ता कमला बेल्वासे, रबीन्द्र खनाल र उत्कृष्ट कर्मचारी टिकाबहादुर घर्ति क्षेत्रीलाई सम्मान गरीएको हो । यस्तै पत्रकारीताको माध्ययमबाट संस्थाका गतिबिति सु–सुचित गराउन महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै पत्रकार कमल बिष्टलाई प्रमाणपत्र र नगद रकम सहीत सम्मान गरीएको हो ।
२०६९ सालमा स्थापित साथी सहकारी संस्था छोटो समयमै जिल्लाको मात्रै नभई सामाजीक उत्तरदायीत्व अन्र्तगत गर्ने क्रियाकलापहरुमा देशकै उदाहरणिय संस्था बन्नुको साथै तत्कालीन डिभिजन सहकारी कार्यालय कपिलबस्तुबाट २÷२ पटक सम्म उत्कृष्ठ सहकारी पुरस्कारबाट पुरस्कृत समेत भएको छ ।
२४८८ जना शेयर सदस्य रहेको संस्थामा हालसम्म २ करोड ७४ हजार ३ सय रुपैया शेयर पुँजी रहेको छ भने, १० करोड ९ लाख २३ हजार ६ सय १० रुपैया बचत संकल हुनको साथै ७ करोड ८२ लाख ३४ हजार ९ सय ३१ रुपैया ऋण लगानी भएको संस्थाले जनाएको छ ।