अर्घाखाँचीमा मानव अधिकार तथा शान्ति समाजको साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न, सभापतिमा मरासिनी चयन

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाको आठौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ ।
 
सन्धिखर्कमा मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाको आठौं साधारण सभा तथा चौथो अधिबेशन नेत्र प्रसाद मरासिनीलाई सभापति चयन गर्दै सम्पन्न भएको हो । 
अधिवेशनले नेत्र मरासिनीको सभापतिमा १५ सदस्य नयाँ कार्य समिती गठन गरेको छ । जसको उपसभापति माया भुसाल,सचिव सुरज रायमाझी, सह—सचिव घनश्याम पौडे्ल, कोषाध्यक्ष विष्णु खनाल सदस्यहरुमा लक्ष्मण घिमिरे,सागर महत, भिम बिसी, भावना मगर,रेखा विश्वकर्मा,प्रकाश चुदाँली नयाँ मनोनित सदस्यमा भानु पराजुली,कृष्ण परियार,प्रतिमा पाण्डे९भुसाल० श्रिधर पौडेल चयन हुनुभएको छ । 
यस्तै केद्रिय सदस्यमा विष्णु भुसाल,प्रेमनाराण आचार्य परीवेक्षकमा अशोक पौडे्ल, माधव पौडे्ल रहनुभएको छ ।