अर्घाखाँचीमा जनताले आ-आफ्नो तरिकाले मनाए माघे सङ्क्रान्ति , नेताहरु भने खानै नमिल्ने खिचडी पकाउदै

केशबराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)   १ माघ २०७७ ।  आज मकर सक्रान्ती अर्थात् तराइमा माघी पर्व हर्षोल्लासका साथ खिचडी ,घ्यु , चाकु , तरुल , तिलको लड्डु , सेल रोटी लगायतका परिकारहरु खादै मनाइने पर्व हो । सम्पुर्ण नेपालिहरु आ -आफ्नो तरिकाले यो पर्व मनाइरहेकाछन ।भने राजनितिक दल तथा नेताहरु पनि खानै नमिल्ने खिचडी पकाइरहेका छन । 
ओलि सरकारले मध्याबदी चुनाब घोषणा गरि संसद विघटन गरिएकोमा अन्य दलहरु भने आन्दोलनमा छन । अझ रोचकत हामी अब लिन भयौ घुल्यौ , हाम्रो मिश्रण तेल पानीको होइन नुन पानी, चिनिपानी जस्तै हो भनेको पुग नपुग ३ बर्ष भित्रै कथित नेकपाका नेताहरु  एक अर्का बिरुद्ध अस्लिल गाली गलौज तथा आरोप पर्त्यारोपमा उतृएका छन । 
देशको अबस्था र कोभिडका कारण माघिको अबसरमा बिगतका बर्षमा जस्तो मेला महोत्सव भने यसपाली हुन सकेन । कोरोना भाइरसको महामारिले थिलो थिलो पारेको तथा जोखिम अझै कायम रहेको कारणले अर्घाखाँचीमा माघे सक्रान्ती बिशेष कुनै औपचारिक आयोजना गरिएन ।
बिगतका बर्षमा कृषि ब्यबसाय र कृषकहरुको हौसलाको लागि कृषि प्रदर्शनी तथा प्रतियोगिता हुने गर्दथ्यो भने चुत्राबेसिको त्रिवेणि किनारमा विभिन्न सान्स्कृतिक कार्यक्रम हरु पनि हुने गर्दथे तर यसपाली भने कुनै कार्यक्रम नभएकोले बजार तथा खोला किनार सुनसान भएको छ ।
मेला हेर्नको लागि अर्घाखाँचीका गाउँ गाउँ बाट ठूलो संख्यामा आउने दर्शक तथा भक्तजनहरुको उपस्थितिले सन्धिखर्क तथा चुत्राबेसी बजारका ब्यापारिहरुले पनि राम्रै अबसर पाउने गर्दथे तर यसपाली त कोभिड का साथै राजनितिक फोहोरले गर्दा आम जनमानसको उत्साहनै सकियो  सन्धिखर्कमा फलफुल ब्याबसाय गरेका एक ब्यबसायिले भने । 
” कोभिड बाट त बल्ल बल्ल स्वास लिदै थियौ तर यो राजनितिक अस्थिरताले जनताको चैन खोसेको छ     मनमा उत्साह भएपो किनमेल गर्न आउथ्यो ” सन्धिखर्कका एक खेलौना ब्यापारिले गुनासो गरे ।
मेला महोत्सव र रमाइलो उत्साह नहुनुमा कोभिडलाइ औपचारिक कारण भनिए पनि आम जनताहरु भने देशको राजनितिक खिचडी देखेर धेरै चिन्तित छन ।
एक जना वृद्धले त देशमा दुइतिहाइ खिचडी पाकेको बेला कसौंडीमा किन पकाउनु ?भन्ने ठट्टा  गरे  ।