काठमाडौं, माघ ५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ ।
खाना पकाउने एलपी ग्यासमा भने भाउ बढाइएको छैन । इमेजखबरबाट