अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं- ७ र ८ नुवाकोटमा सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्नको लागि बैंक र नगरपालिकाबीच भएको दुई पक्षीय सम्झौता हस्तान्तरण भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई बैंकिङ मार्फ़त गर्ने निर्णय भए पश्चात आज भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ र ८ नुवाकोटमा सेन्चुरी कमेरशियल बैंक र नगरपालिकाबीच भएको दुई पक्षीय सम्झौता हस्तान्तरण भएको हो ।
सेन्चुरी कमेरशियल बैंकका प्रबन्धक सुरेश कंडेल, नगर प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।