अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा हिन्दूधर्म रक्षा परिषद् नेपालले हिन्दु जागरण युवा स्वंयमसेवक पालिका स्तरीय भेला सम्पन्न गरेको छ।
छत्रदेव गाउँपालिकामा धर्म संस्कृतिको रक्षा, राष्ट्रको सुरक्षा भन्ने मुल नाराका साथ हिन्दूधर्म रक्षा परिषद् नेपालले हिन्दु जागरण युवा स्वंयमसेवक पालिका स्तरीय भेला सम्पन्न गरेको हो ।
भेलामा हिन्दुधर्म रक्षा परिषद नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद खनालले आफनो धर्म संस्कृति भुल्न नहुने, हिन्दुधर्मको रक्षामा सबै नेपाली नागरिक लागेको बताउनुभयो ।
भेलाले नविन पौडेलको अध्यक्षताम २५ सदस्यीय छत्रदेव गाउँपालिकास्तरिय युवा स्वंमसेबकको गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा घनश्याम भुसाल, द्धितिय उपाध्यक्षमा दामोेदर पाण्डे, सचीवमा राजन श्रेष्ठ, सहसचीवमा प्रेमबहादुर पौडेल, कोषाध्यक्षमा रणबहादुर आचार्य चयन भएका छन् ।
यस्तै कार्यक्रम हिन्दु जागरण युवा स्वयंमसेवकका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता, जिल्ला उपाध्यक्ष आतिश किरण बिकको सञ्चालन र सचीव बाबुराम खत्रीको स्वागतमा सम्पन्न भएको थियो ।