अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा विपन्न र दलित महिलाहरुलाई सीप तथा ब्यबसायी तालिम अन्तरगत सात दिने हाते झाेला बुनाई तालिम शुरु गरिएको छ ।
तालिमको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा शिक्षा उपसचिव युगल बस्यालको अतिथ्यता रहेको थियोे ।