अर्घाखाँचीमा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची फाल्गुन -७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ बिभिन्न कार्यक्रम गरी मनाइएको छ । 
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यलयको प्राङ्गणबाट रास्ट्रिय प्रजातन्त्र दिवस २०७७ को ब्यानर सहित प्रभातफेरी का  सहभागीहरुले आसपासको फोहोर उठाउदै टुडिखेल सरसफाई समेत गरेको थियो । सरसफाई कार्यक्रमपछि शुभकामना आदानप्रदान समेत गरेको छ।
शुभकामना आदानप्रदानमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्वलले भन्नू भयो विभिन्न खाले  आन्दोलनबाट हुने परिवर्तन सगै विभिन्न खाले अभ्यास हुने गरेको स्मरण गराउदै प्राप्त अधिकारहरु लाई राजनैतिक नेतृत्वबाटै रक्षा र छलफल गर्दै अगाडि बढ्न आजको यस दिनले सबै लाई सफलता प्रदान गरोस् भन्ने शुभकामना ब्याक्त गर्नु भएको थियो । 
सोही कार्यक्रममा प्रदेश सभा सदस्य  रामजी प्रसाद घिमिरे , जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी , सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल , नेपाली काङ्ग्रेसका प्रतिनिधि कृष्ण प्रसाद खनाल उधोग बाणिज्य संघ का जिल्ला अध्यक्ष युबराज श्रेष्ठ लगायत का अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
 
रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य माननीय रामजी प्रसाद घिमिरे , जिल्ला समन्वय समिति का उपप्रमुख ऋषि बहादुर पुलामी, सन्धीखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल राजनैतिक दल नेपाली काङ्ग्रेस का प्रतिनिधि कृष्ण प्रसाद खनाल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का प्रतिनिधि प्रेमनारायण गैरे, उधोग बाणिज्य संघका जिल्ला अध्यक्ष युबराज श्रेष्ठ , जिल्ला स्थित शुरक्षा निकाएका प्रमुख तथा प्रतिनिधि  जिल्ला स्थित सम्पुर्ण कार्यलयका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो । 
 
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले गर्नु भएको थियो ।