अर्घाखाँचीमा २४ गाविसका अधिकाश गाउँमा घरैपिच्छे सुधारिएको चुला निर्माण

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

गणेश चुदाली, सम्पादन सहयोगी

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) –  जिल्लाको अधिकाश गाउमा घरैपिच्छे सुधारिएको चुला निर्माण भएका छन । चुलो निर्माण भएपछि गाउका महिलालाई सजिलो भएको छ ।

घरमा सुधारिएको चुलो बनाएपछि खान पकाउन सजिलो मात्रै नभएर समयको समेत बचत भएको छ । सबैका घरमा सुधारिएका चुला बनेका छन । जिल्लाको २४ गाविसका सबै घरमा यस्ता चुला अभियानको रुपमा बनाईएका छन ।

जिल्लाको सिद्धारा,वाङ्गला,ठुलापोखरा,खाचीकोट लगायतका गाविसमा चुला बनेका छन । घर घरमा चुला बनेपछि दाउराको समेत बचत भएको छ खाचीकोटकी स्थानीय पार्वता थापाले भनिन,धेरै सजिलो भएको छ । यसबाट धुवा हुन छाडेपछि सबैभन्दा बढी स्वास्थ्यमा सुधार भएको छ गाउका महिलाको लागि धुवा रहित सुधारिएको चुलो धेरै फाईदाजनक भएको उनको भनाई छ ।

आधुनिक चुलोमा खाना पकाउन थालेपछि आखा  दुखने दमको रोगबाट बच्ने,टाउको दुख्ने खोकी लाग्ने समस्याबाट मुक्त पाएको उनले बताईन । धेरै घर परिवार भएकाले विहान भरी खान पकाउन समय लाग्ने र धुवा"मा बस्न नपरेपछि बचेको समयमा घरमा कुखुरा पालेर घर खर्च गर्नमा थप सहयोग भएको ठुलापोखरा गाविसकी विमला पाण्डेले बताईन । चुलो बनेपछि केटाकेटीलाई पनि पढन सजिलो भएको छ । दाउराको वचत भएको छ उनले भनिन,जसले वन मासिनबाट जोगिएको छ । अनावश्यक वन फडानी अहिले छैन, उनले भनिन,थोरै दाउरा र कम समयमा खान पकाउन सजिलो भएको छ ।

सुधारिएको धुवा  रहित चुलो गाउका दलित देखि उच्च भनिने सबै जातका घरमा चुला निर्माण गरिएका छन । सबैले यही चुलो प्रयोग गर्दै आएका छन । वन फडानी कम हुनुका साथै वातावरणीय सन्तुलन कायम राख्न समेत यसले सहयोग पुगेको स्थानीयले बताए । यसले धुवा र दमको रोगले अकालमै ज्यान गुमाउनबाट समेत बचाएको उनीहरुको भनाई छ । धुवा ओखा पोलेर पाक्ने तथा दुख्ने समस्या भएका महिलाहरुले यो समस्याबाट पार पाएको ठाडा गाविसका पर्वअध्यक्ष बसन्त श्रेष्ठले बताए ।

अर्घाखाची को गाउ गाउ मा ग्रामिण आर्थिक विकास सस्था -रेडा) पाल्पाको सहयोगमा चुला निर्माण भैरहेका छन ।  जिल्लाको २४ गाविसका प्रत्येक घरमा अभियान सञ्चालन गरि चुला निर्माण गरिसक्यौ रेडाका अर्घाखाची जिल्ला संयोजक सुर्य केसीले भने,सबै गाउका महिला उत्साहित भएका छन । चुलो निर्माण गर्न प्राविधिक सहयोगका साथै घर घरमा गएका बनाएका छौ उनले भने,प्रत्येक वर्ष२५ सयका दरले  चुला निर्माण भएका छन । चार वर्षदेखि जिल्लामा चुलो निर्माण अभियान शुरु गरिएको हो ।

जिल्लामा रेडाले १५ हजार र अन्यले गरी ५५ हजार भन्दा बढी घरमा सुधारिएको चुलो बनिसकेको केसीले बताए । उनले नेपालमै प्रतिशतका हिसाबले अर्घाखाचीमा बताए ।

जिल्लाको सुवर्ण्रखल र धारापनी गाविसमा रेडाले नै लघु जल विद्युत कार्यक्रम सञ्चलन गर्नको लागि काम गरिरहेको छ । सुवर्ण्रखल को १ र २ वाडमा  ९ किलोवाट क्षमताको विद्युत निस्कने र १ सय १० घरपरिवारलाई विजुली पुग्ने भएको छ,।  धारापानी गाविसको ८ र ९ वाडमा २५ किलोवाट क्षमताको विद्युत निस्कने र २ सय ५० घर परिवार लाभान्वित हुने भएको केसीले जानाकारी दिए ।  

 —————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-  

मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी 
ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी
binodgaire@sandhikharka.com

एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।  

अन्य समाचारहरु