मुक्तिनाथ भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा पछिल्लो समय व्यवसायीक तरकारी खेती तथा पशुपंक्षी पालनमा स्थानियहरु हौसिएका छन् । जिल्लामा जम्मा ४५ हजार ७१२ हेक्टर खेतियोग्य जमिन मध्ये २७ हजार ९४१ हेक्टर जमिनमा यतिवेला विभिन्न तबरवाट खेति गरिएको छ ।
शूरुवाती चरणमा जिल्लाको जगत, किमडाँडा, ढिकुरा, कुर लगायतका गाउँहरुमा तरकारी तथा दुध उत्पादन हल्का रुपमा हुने गरेको भएपनि हालको समय प्रत्येक पालिका, वडा तथा टोलटोलका स्थानियहरु कृर्षि पेशामा सक्रिय रहेको देखिन्छ । जनप्रतिनिधी तर्फको कुरा गर्ने हो भने पाणिनी गाउँपालिकाका अध्यक्ष अच्यूत गौतम सन्धिखर्क नगरपालिका वार्ड नम्वर ६ का वडाअध्यक्ष कृष्ण आचार्य, वार्ड नम्वर २ का वडाअध्यक्ष मोतिजंग रायमाझी शितगंगा नगरपालिकाका उपमेयर टिका रेश्मी लगायतका व्यक्तिहरु मुलुक संघियतामा जानुपूर्व देखीनैई व्यवसायीक कृर्षि कर्ममा जोडिनु भएको बुझिएको छ ।
सदरमुकाम सन्धिखर्क नजिकैईका पुष्कर नाथ बन्जाडे, गणेश बन्जाडे लगायतका व्यक्तिहरु पनि बार्षिक १२ देखी १५ लाख बचत गर्ने सफल पुराना कृर्षकका रुपमा आफुलाई सावित गरिसक्नु भएको छ । यसैप्रकार शितगंगा नगरपालिकाको ठाडामा रहनु भएका कमान सिंह दर्लामी, पिडापानीका देवीराम गैरे लगायतका व्यक्तिहरु पनि व्यवसायीक उत्पादनमा पुराना मानिनुहुन्छ । पाणिनी गाउँपालिकाको सिम्ले, खिदिम, पटौटी लगायतका अधिकांश स्थानियहरु सुन्तला उत्पादनमा भुमिकास्थान नगरपालिकाको धनचौरका स्थानियहरु मह उत्पादनमा अल्ली अघिदेखीनैई सक्रियता देखाएपनि हालको समयमा त्यसलाई जिल्लाभर व्यापकता दिलाउने गरि कार्यहरु अगाडी बढेका छन् । सालझण्डी सन्धिखर्क ढोरपाटन सडकको अलवा गोरुसिङ्गे सन्धिर्खक सडकको यात्रा गर्दा पनि नियालेर हेरियो भने धेरैजशो भुभागमा व्यवसायीक उत्पादन तर्फ स्थानियहरुको आर्कषर्ण बढेको अनुभूति मिलेको छ । बुझिए अनुसार माछु, अन्डा र दुध उत्पादनमा जिल्ला आत्मनिर्भर बनिसकेको छ ।
पछिल्लो समय कृर्षकका लागि सौलियत दरमा कर्जा, बिउँविजनमा सहयोग, शित भन्डार आदी सुविधाहरु मिलेको कारण पनि मानिसहरु यो पेशामा होम्मिएका भएपनि कृर्षि ज्ञान केन्द्र अर्घाखाँचीबाट व्यक्ति विशेष तथा पहुचँका आधारमा सहयोग गर्ने गरेको र उत्पादीत बस्तुहरुमा बजारीकरणको समस्या रहेको कृर्षि कर्ममा लागेका साधारण किसानहरुले आफनो नाम नबताउने शर्तमा जानकारी दिएका छन् । पछिल्लो समय कृर्षि पेशामा होम्मिनेहरुको संख्या धेरै भएपनि फुदवाङ्ग देखी अगाडी बावुराम भुसालद्धारा र छत्रदेव गाउँपालिकामा बलप्रसाद श्रेष्ठद्धारा सन्चालन गरिएका फर्महरु हेर्न लायक रहेका छन् ।
विगतको समयमा गल्र्फमा जागिर गरि स्वदेश फर्किएपछि पलटिङ्ग लगायतका व्यवसायहरुमा सफलता प्राप्त गर्नुभएका भुसालले सदरमुकाम नजिकैई करिव ७० रोपनी आफनै जमिनमा मोटो रकम खर्चिएर फर्म सन्चालनमा ल्याई सक्नु भएको छ । यसैप्रकार गुल्मी जिल्लामा लामो समयदेखी व्यापार गर्दै आउनु भएका बलप्रसाद श्रेष्ठ नेतृत्वको श्रेष्ठ परिवारले विगत तिन वर्षदेखी आफनै पुर्खौली जमिनमा व्यवसायीक कृर्षि शुरु गर्नुभएको छ । बल्कोट तम्घास सडक अन्र्तगत छत्रदेव गाउँपालिका वडा नम्वर पाँच छत्रगन्ज देखी करिव एक किलोमिटर तल घनाघोर जंगलका विचमा रहेको वहाँहरुको एकसय बिस रोपनी जमिनमा मोटरवाटो पुरयाई शुरु गरिएको यो फर्ममा करिव तिन करोड लगानी भईसकेको तिलक श्रेष्ठले बताउनु भएको छ । प्रदेश सरकारबाट ग्रिनहाउस ट्रर्नेल निर्माणका लागि सहयोग प्राप्त यो बहुउद्धेश्यीय फार्ममा मौसमी तथा बेमौसमी तरकारी उत्पादन र पशुपक्षि पालन गरिएको छ । दैनिक १० जना स्थानियहरुले रोजगार पाएको र जसमध्ये ६ जना कामदारहरुलाई प्रदेश सरकारले पारिक्षमीक दिने भएपछि आफुहरु उत्साहीत बनेको विमला श्रेष्ठको भनाई रहेको छ ।
गुल्मीको सिमिचौर देखी कपडा पसल गर्दै गर्दा ०३१ सालमा तम्घासमा कपडा व्यापार शुरु गर्नुभएका बलप्रसाद श्रेष्ठका तिनवटा छोराहरु रहेपनि जेठो छोराले नारायणघाटमा र कान्छो छोराले काठमाडौंमा व्यापार गर्दै आउनु भएको छ । यसैप्रकार वहाँका माईला छोरा तेजेन्द्रकुमार श्रेष्ठले तम्घासमा सेन्चुरी इन्टरनेशलनल आईयमी खोलेर बस्नुभएको भएपनि करोडौ रकमा सन्चालीत यो कृर्षि फर्मको सम्पूर्ण जिम्मेवारी तेजेन्द्रकुमारको काँधमा आएको छ । वहाँकी श्रीमती विमला श्रेष्ठले यतिवेला आईयमीको जिम्मेवारी सम्हालेको भएपनि अवको केहीदीनमा सपरिवार कृर्षि फर्ममैई एकजुट हुने तयारीमा रहेको वहाँले बताउनु भएको छ । स्मरणरहोश तेजेन्द्रकुमार श्रेष्ठ युवा व्यवसायीको अलवा नेपाल पत्रकार महासंघ शाखा गुल्मीका कोषाध्यक्ष समेत रहनुभएको छ ।
जिल्लामा व्यवसायीक ढंगले कृर्षि पेशा गरिरहेका र हौसीनेहरुका लागि के सोच बनाईएको छ भन्ने जिज्ञासामा प्रदेशसभा सदस्य चेतनारायण आर्चायले, स्थानियहरु उत्पादन कार्यसँग नजोडिदा सम्म मुलुक समृद्ध हुन नसक्ने भन्दै काम गर्ने इच्छाशक्ति भएमा आफुहरुबाट सहयोगमा कमि नरहेको बताउनु भएको छ । यसैप्रकार अर्का प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले पनि लुम्विनी प्रदेश सरकारले कृर्षकहरुका लागि विभिन्न सेवा सुविधा उपलव्ध गराएको र यो पेशामा सक्रिय बन्न चाहनेलाई आफुहरु सहयोग गर्न आत्तुर रहेको जानकारी दिनुभएको छ ।