अर्घा भगवती विमानस्थलका लागि २० करोड रुपैयाँ विनियोजन

अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निमार्ण हुन थालेको अर्घा भगवती विमानस्थलका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।
अर्घाखाँचीडट्कमलाई प्राप्त जानकारी अनुसार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री एवं  जिल्लाका  प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीको पहलमा निर्माणाधीन अर्घा भगवती विमानस्थलका लागि २० करोड रुपैयाँ विनियोजन भएको हो ।
अर्घा भगवती विमानस्थलका लागि २० करोड रुपैयाँ विनियोजन भएसँगै अब विमानस्थल निर्माणको कार्यले पूर्णता पाउने निश्चित भएको छ ।
Image result for अर्घा भगवती विमानस्थल
सन्धिखर्क नगरपालिका-१० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको २०७३ साल असार १३ गते तत्कालिन नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझिले शिलान्यास गरेका थिए ।  यस्तै गत वर्ष २०७६ श्रावण २२ गते बुधवार शुभारम्भ गरिएको अर्घा भगवती विमानस्थल सम्झौता अनुसार २०७७ साल कार्तिक ५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने थियो ।  
बिमानस्थलको रनओए च्यानेज 0+३५० देखि 0+८५० सम्म ५०० मि. ४० देखि ७० मिटरको चौडाइमा खन्ने र ११०० घ.मि. जाली लगाउनु पर्ने छ ।  उक्त विमानस्थलको निर्माणा खर्च सम्झौता पत्रमा उल्लेख गरिएको अनुसार भ्याट सहित कुल ५,६९,६२,३३६.५२  रहेको छ।
Related image