मालारानी गाउँपालिकामा दोस्रो चरणको अभियानमा १०४१ जनाले कोरोना खोप लगाए

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा  दोस्रो चरणको अभियानमा १०४१ जनाले कोरोना खोप लगाएका छन् । 
मालारानी गाउँ पालिकामा यहि फागुन २३  र २४ गते सन्चालन भएको दोस्रो चरणको अभियानमा १०४१ जनाले कोरोना खोप लगाएका हुन् । 
जसमा वार्ड नं . १ र २ मा       २०९ जना, वार्ड नं.   ३ मा  १३४ जना, वार्ड नं .  ४ मा  १३७ जना, वार्ड नं .  ५ मा  १४४ जना, वार्ड नं .  ६ , ७ र ८ मा  ३१६ जना, वार्ड नं .   ९ मा १०१  जना गरी  १०४१ जना खोप लगाएका हुन् ।