सरिता भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कमा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची र आईपास नेपालकाे आयाेजनमा काेराना भाईरस काेभिड १९ विश्व महामारी समयमा प्रजनन मातृ नवजात शिशु तथा बाल स्वास्थ्य सेवा लागि अन्तरिम मार्ग निर्देशन र सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
जनस्वास्थ्य अधिकृत पुष्पा थापाकाे अध्यक्षता, अन्तरपार्टी महिला सञ्जाल अध्यक्ष छमा कार्की, आईपास नेपालका लक्ष्मण केसीले प्रजनन् स्वास्थ्य, सुरक्षित गर्भपतनबारे मन्तव्य राखेका थिए ।
जिल्लामा रहेका १४ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गर्न सकिने साे अवसरमा जानकारी गराईएकाे थियाे ।