अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अनेरास्वियु क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले जिल्ला सम्मेलन नजिकिए सँगै संगठन विस्तारलाई तिब्रता दिइएको छ ।
जस अन्तर्गत आज सन्धिखर्कको हटारीनेटामा रहेको श्री युवा बर्षा जनता रविचित्र मावीमा कक्षा ११,१२ मा विवेक रायमाझीको अध्यक्षता मा २१ सदस्य मुल एकाई कमिटि गठन गरिएको कक्षा ९ मा विवेक गिरि को अध्यक्षता मा ११ सदस्य , कक्षा ९ ख मा सरोज अर्याल को अध्यक्षता मा ११ सदस्य र कक्षा १० मा इन्दिरा बिक को अध्यक्षता मा २३ सदस्य कमिटी गठन गरेको छ ।
त्यसैगरी अर्घाखाँची उच्च मावीमा कक्षा ११,१२ मा मदन घिमिरे को अध्यक्षता मा १३ सदस्य कमिटी गठन गरिएको छ ।
कार्यक्रमममा मन्तब्य राख्दै अध्यक्ष नविन खड्काले आफ्नो सगठनर्ल लिएको एकीकृत जनक्रान्तिको अभियान मार्फत,शैक्षिक निति सम्भव भएकोले यस अभियानमा विद्यार्थीहरु सहभागी भएर ईतिहासले दिएको युगिन जिम्मेवारी पुरा गर्नुपर्ने बेला आएकोले यस तर्फ लाग्न सबैलाई आह्वान गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सदस्य पदम नेपाली सुनिल नेपालीले गर्नुभएको थियो ।