पाकिस्तानको उत्तर-पश्चिमी शहर पेशावरमा 28 तारिख बिहान सबेरै आत्मघाती बम विस्फोट भएको छ।त्यस विस्फोटबाट कम्तिमा चार प्रहरीको मृत्यु हुनुका साथै दश घाइते भएका छन्।
स्थानीय टेलिभिजन स्टेशनले प्रहरी पक्षलाई उद्धृत गर्दै एकजना व्यक्तिले बरुद लादिएको एक गाडी हाँकेर चौकीतर्फ हुत्तिएर जाँदा बम पड्काएको जनाएको छ। जसबाट घट्नास्लमै चार जना प्रहरीहरुको मृत्यु भएको कुरा जनाइएको छ।