अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराका बिष्णु बेल्बासे भूमिगत जलस्रोत विकास समितिकाे कार्यकारी निर्देशक पदमा नियुक्त भएका छन् ।
सिद्धाराका बिष्णु बेल्बासे उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतकाे भूमिगत जलस्रोत विकास समितिकाे कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषदकाे निर्णयबाट बेल्बासेलाई भूमिगत जलस्रोत विकास समितिकाे कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।