सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४७४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २२४ जना, भूमिकास्थान नगरपालिकामा १३९, शितगंगा नगरपालिकामा १४, मालारानी गाउँपालिकामा ३६, पाणिनी गाउँपालिकामा २२ र छत्रदेव गाउँपालिकामा ३९ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १३१४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६१६ जना, भूमिकास्थान नगरपालिकामा २४८, शितगंगा नगरपालिकामा १३१, मालारानी गाउँपालिकामा १३१, पाणिनी गाउँपालिकामा ५८ र छत्रदेव गाउँपालिकामा ९४ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म ८०९ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३८३ जना, भूमिकास्थान नगरपालिकामा १३९, शितगंगा नगरपालिकामा ११०, मालारानी गाउँपालिकामा ८९, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५५ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको रेकर्ड अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३३ जनाको ज्यान गएको छ ।
उता अर्घाखाँची अस्पतालबाट आज आईतबार अवेरा एकैदिन १४ जना काेभिड १९ का विरामी डिष्चार्ज भएका छन् ।
“१४ जनाले काेभिडलाई जितेर घर फर्कनुभएकाे छ ।” स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बिकले भन्नुभयाे “काेभिडलाई जित्नेकाे संख्या बढिहेकाे छ ।”