रुसस्थित् विश्व प्राकृतिक कोषको प्रतिनिधि कार्यालयमा पर्यावरणसम्बन्धी नीतिको जिम्मेवार व्यक्ति आलेकसेइ क्निचनिकोभले हिजो बोल्दै केही महिनाभित्र मेक्सिकोको समुद्री क्षेत्रमा तेल चुहावट रोक्न सकिने र उक्त घटनाको असर दश वर्षभन्दा बढी कायम हुने कुरा व्यक्त गर्नुभयो।
यसको कारणको सम्बन्धमा बोल्दै श्री क्निचनिकोभले लुइसआनाको समुद्री किनारा क्षेत्रमा धेरैजसो निगालो र दलदल क्षेत्र रहेको र यस्तो अवस्थामा फोहोर सफा गर्न धेरै कठिनाइ रहेको बताउनुभयो। यसै गरी अब समाधान गर्नुपर्ने सबैभन्दा जरुरी कुरा के हो भने, उक्त क्षेत्रमा जिवित रहेका चरा र समुद्री स्तनधारी जनावरलाई बचाउनुपर्छ ।
यसबाहेक मेक्सिकोको समुद्री क्षेत्रमा तेल चुहिएको घटनाले रुसका लागि चेतावनी दिएको छ भन्दै उहाँले तेलबाट समुद्र प्रदुषण हुन नदिनेसम्बन्धी समुद्री संरक्षण ऐन-कानुनको तर्जुमा गर्न रुससँग आव्हान गर्नुभयो।