अर्घाको धरमपानीका मृगौला पीडितलाई कतारमा रहेका अर्घाखाँचीबासीद्वारा आर्थिक सहयोग


अर्घाखाँचीडट्कम संवाददाता 
धरमपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १० अर्घा धरमपानीका एक मृगौला पीडितलाई कतारमा रहेका अर्घाखाँचीबासी सहितका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । 
अर्घा धरमपानीका निम बहादुर गन्धर्बका २६ वर्षिय छाेरा शिव बहादुर गन्धर्वकाे मृगौला सम्बन्धी राेगकाे औषधी उपचारकाे लागि कतारमा रहेका अर्घाखाँचीबासी सहितका नेपालीहरुले ५३ हजार ९ सय ५ रुपैया आर्थिक सहयोग गरेका हुन् ।
कतारबाट पठाएको उक्त रकम वडाअध्यक्ष लक्ष्मी नारायण चुदालीले हस्तान्तरण गरेका थिए । 

अन्य समाचारहरु