नेफटल बेनेट्ट इजरायलका नयाँ प्रधानमन्त्री निर्वाचित


एजेन्सी 
नेफटल बेनेट्ट इजरायलका नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । उहाँ पूर्ब कमान्डो र सूचना प्रबिधि क्षेत्रमा ब्यवासयबाट सम्पत्ती जोडेका करोडपति हुनुहुन्छ ।
लामो समयदेखि प्रधानमन्त्री बन्ने महत्वकांक्षा बोक्नुभएका बेनेट्टको दक्षिणपन्थी राष्ट्रवादी पार्टीले पछिल्लो चुनाबमा केही सिटमा मात्रै सीमित हुन पुगेको थियो । उहाँको दलसँग मात्र सातजना निर्वाचित सांसद छन् । निवर्तमान प्रधानमन्त्री बेञ्जामिन नेतान्यूह र सेन्ट्रिस्ट प्रतिपक्षी दलका नेता यैर लापिड दुबैजनाले आलोपालो प्रधानमन्त्रीका लागि बेनेट्ट समक्ष प्रस्ताब राख्नुभएको थियो । तर गम्भिर बैचारिक मतभेदका बीच बेनेट्टले यैर लापिडसँगको यात्रा चयन गर्नुभयो । नेतान्यूह सन् २००९ देखि इजरायलको प्रधानमन्त्रीको पदमा हुनुहुन्थ्यो ।
४९ वर्षीय बेनेट्ट सन् २००६ देखि २००८ सम्म ‘चिफ अफ स्टाफ’को रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले सन् २०१३ मा पहिलो पटक संसदमा प्रबेश गर्दा बेनेट्टले नेतान्यूहको लिकुड पार्टी परित्याग गरी दक्षिणपन्थी धार्मिक जेविस पार्टीमा आबद्ध हुनुभएको थियो । सन् २०१९ सम्म उहाँले प्रत्येक गठबन्धन सरकारमा मन्त्री पदमा रहेर कार्यभार सम्हाल्नुभएको थियो ।
सदनमा उहाँले ५९ को अपेक्षा ६० मत पाएर प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । बेनेट्ट सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुहुनेछ । त्यसपछि येश अतिदले उहाँलाई बिस्थापित गर्नुहुनेछ ।