अर्घाखाँचीमा परोपकार युवा समाज नेपालको जिल्ला शाखा गठन, अध्यक्षमा हलिम खाँन


दिपेन्द्र खत्री | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । परोपकार युवा समाज नेपालको देशब्यापी संजाल बिस्तार अभियान अन्तरगत जिल्ला शाखा अर्घाखाँचीको कार्यसमिती गठन भएको छ । 
परोपकार युवा समाज नेपाल अर्घाखाँचीबाट अध्यक्ष पदमा हलिम खाँन मनोनित भएका छन् ।
जुनसुकै पेशा र ब्यबसायमा आबद्द रहेता पनि समाजको  बिकास , हित र परोपकारमा जुट्न सकिन्छ भन्ने उदेश्य र अभिप्राय सहित परोपकार युवा समाज नेपाल देशब्यापी शाखा बिस्तार अभियानमा जुटेको छ । 
अर्घाखाँचीमा पनि सामाजिक कार्यमा रुचि राख्ने सकृय युवा हरु बिच भर्चुअल बैठक मार्फत जिल्ला कार्य समिती गठन गरिएको हो । 
अध्यक्षमा मनोनित भएपछी खाँनले आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएका छन ।
संस्थाको उपाध्यक्षमा विमला जि.सी , सचिवमा सरु सुनार ,कोषाध्यक्ष केशव ज्ञवाली, सदस्यहरुमा विक्रम नेपाली, विजय नेपाली, प्रेमजंग वि.क.,  डिलाराम खनाल, असिम नेपाली, कविता थापा, कविता बन्जाडे ,सुदिप नेपाली, गणेश हिताङ्ग, सपना नेपाली रहेकाे उक्त संस्था ले स्थानीय तह देखि केन्द्र सम्म कहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु ,
 आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप पूर्ण रुपमा अन्त्य गर्न प्रयत्नशील रहनु जस्ता उदेश्यहरु रहेका छन् । 
त्यस्तै सचिबमा  मनोनित भएका सुनारले पनी आफुले पाएको जिम्मेवारी पुर्ण रुपमा कटिबद्ध भएर निभाउने बताएकी छिन् ।अध्यक्षमा मनोनित भएका खाँन पत्रकारिता सहित विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रुपमा आबद्ध छन् । 
उक्त सस्थालाई आज एक कार्यक्रम मार्फत अर्घाखाँचीमा गठन गरिएको उक्त सस्था का अध्यक्ष  खाँनले जानकारी दिए।यो सस्था नेपालभरका  जिल्लामा  बिस्तार गरिने खाँनले बताए ।