अस्लम अलि
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लुम्बिनी प्रदेश सरकारका उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे मन्त्री भएपछि पहिलो पटक आफ्नो जन्मघर अर्घाखाँची जिल्लामा आएकी छिन् ।
गृह जिल्लाका विभिन्न स्थानमा मन्त्री पाण्डेको भव्य स्वागत समेत गरिएको थियो ।
यस्तै डिभिजन वन कार्यालय अर्घाखाँचीले उनको स्वागतमा विशेष कार्यक्रम गरेको थियो ।
त्यसैगरि छत्रदेव गाउँपालिकाका विभिन्न वार्डहरु साथै बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटले पनि उनको सम्मानमा विभिन्न कार्यक्रमहरु सम्पन्न गर्यो।
छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ बल्कोटमा जन्मिएकी पाण्डेको स्वागतमा विशेषगरी छत्रदेवका जनताहरु निकै खुशी देखिएका थिए।