अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका कच्ची सडकमा ट्याक्टर र ठूला सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ ।
शितगंगा नगरपालिकाले शुक्रबार एक सुचना जरी गर्दै नगरभरका कच्ची सडकमा साउन १ गतेदेखि भदौ मसान्तसम्म ट्याक्टर र ठूला सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो ।
जारी गरेको सूचनामा वर्षाका कारण सडक क्षतविक्षत भएकाले आउँदो भदौ ३० गतेसम्म नगरभरका कच्ची सडकमा ट्याक्टर र ठूला सवारीसाधन सञ्चालन नगर्न भनिएको छ। सूचना अटेर गरी चलाए नियमानुसार कारबाही हुने सूचनामा उल्लेख छ ।
शितगंगा नगरपालिकाका प्रत्येक कच्ची सडकमा गाडी हिलोमा फसेर यात्रुसमेत बीच बाटोमै ओर्लेर तान्ने–ठेल्ने गर्नुपरिरहेको छ।