अर्घाखाँचीका सिडियो बिष्णु पौडेललाई पितृ शोक


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई पितृ शोक परेको छ ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलका पिता तिलाराम पौडेलको ८६ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौमा असार १६ गते बुधवार निधन भएको थियो ।
दाङ  जिल्लाको राप्ती गाउँपालिका वार्ड नम्बर १ स्थायी घर भई हाल काठमाडौं रहेका स्वर्गीय पौडेलको केही समयदेखि स्वास्थ्यमा समस्या भई काठमाडौमा उपचाररत थिए । 
स्वर्गीय पौडेलको पशुपती आर्यघाटमा अन्त्यस्टी गरिएको छ ।