इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता रामिन महमान पारास्टले हिजो बोल्दै इरानले युरेनियम सघन पार्ने गतिविधि अझ चलाउने कुरा दाबी गर्नुभएको छ।
इस्लामिक रिपाब्लिक न्यूज एजेन्सीले जनाएअनुसार श्री रामिनले हिजो इरान , टर्की तथा ब्राजिलबीच आणविक इन्धनको साटफेट सम्झौता सम्पन्न भएपछि पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।