दक्षिण कोरियाका राष्ट्रपति लि म्युङ्ग बाकले मार्च महिनामा डुबेको सैनिक जहाजको घटनाबारे अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग आज टेलिफोन वार्ता गर्नुभयो।
दक्षिण कोरियाका राष्ट्रपति भवन चेऔं वा ताईका सम्बन्धीत व्यक्तिले उक्त कुरा जानकारी दिनुभएको हो। त्यसका साथै उहाँका अनुसार श्री लि म्युङ्ग बाक र श्री ओबामाले उक्त सैनिक जहाज डुबेको घटनाको बारेमा छलफल गर्नुका साथै दक्षिण कोरिया र अमेरिकाद्वारा ती घटना घटाउनेको संयुक्त कदम चलाइ सामना गर्ने भएका छन्। श्री ओबामाले टेलिफोनमार्फत बोल्दै अमेरिकाले दक्षिण कोरियाद्वारा उक्त घटनाबारे गरेको सामना र छानबिन कार्वाहीलाई विश्वास र समर्थन गरेको कुरा बताउनुभयो।