पाकिस्तानको दक्षिण बन्दरगाह शहर कराचीमा हिजो उन्नाईस तारिखका दिन पटक पटक गरी आतङ्ककारी आक्रमणका घटना भएको छ। हालसम्म यसबाट 23जनाको मृत्यु हुनुका साथै 20जना भन्दा बढी घाइते भएका छन्।
उक्त आक्रमणका घटना सबभन्दा पहिले 18तारिख रातिदेखि शुरु भई हिजो रातिसम्म चल्दै आएको थियो। कराचीका दश वटा भन्दा बढी स्थानहरुमा यी आक्रमण भएका छन्। आक्रमण भएका क्षेत्रहरुमा सबै पसलहरु बन्द गर्न बाध्य भएका छन्।
पाकिस्तानका प्रधान मन्त्री मखदुम सइद युसफ राजा गीलानीले हिजो यी हिंसात्मक घटनाको निन्दा गर्नुको साथै सिन्ध प्रान्तको सरकारलाई आवश्यक कदम चाली सुरक्षाको प्रत्याभुति गर्न आदेश दिनुभएको छ। हाल कराची नगरका विभिन्न क्षेत्रतर्फ ठूलो खेपमा प्रहरी र तुफानी दलका सदस्यहरुलाई पठाईसकेको छ।