२०७८ श्रावण २, शनिवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
गत असार २३ र २४ गते सन्धिखर्क नगरपालिकाको विशेष सहयोग र नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजनामा सन्धिखर्क स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लाभरका ३३२ जना महिलाहरुको नाम किर्ते गरी १० लाख २४ हजार ७ सय ९० रुपैया रकम असुल गरेको फेला परेको हो ।
कार्यक्रममा सहभागी
सन्धिखर्क नगरपालिकाले कार्यक्रमका लागि ९ लाख ९९ हजार तिरेको छ । भने नेपाल चेतना केन्द्र अर्घाखाँची २८ हजार ३ सय ३६ रुपैया तिरेको खर्च विवरणमा देखाइएको छ । उक्त कार्यक्रममा बढीमा ८० – ९० जना सहभागी देखिन्छ । भने ४ लाख खर्च हुनुपर्ने अनुमान गरिएको छ ।
एभेरेष्ट होटेलको फर्जी बिल
एभेरेष्ट होटेलले बनाएको २ दिनको फर्जी बिल अनुसार १ लाख २६ हजार ६ रुपैया ३० पैसा खानपिन खर्च भएको देखिएको छ ।
कांग्रेस कार्यकर्तालाई राजनितिक प्रशिक्षण दिइएको भन्ने आरोप लागेको उक्त कार्यक्रमको वास्तविक खर्च र भुक्तानीको बारेमा सनपा १२ का वार्ड अध्यक्ष नारायण खड्काले सुचना माग पनि गरेका छन्।
नेपाली काङ्ग्रेसका तर्फबाट लुम्बिनी प्रदेशका संसदिय दलका सचेतक तथा चेतना केन्द्र नेपालका संस्थापक अध्यक्ष निर्मला क्षेत्रीको अध्यक्षता सम्पन्न उद्घाटन सम्पन्न गरि दोस्रो सत्रमा बिश्नु खनाल मुस्कान, निर्मला क्षेत्री , शान्ता भन्डारी , बाबुराम पौडेल ,लगायतले सहभागीहरुलाई महिला सहभागिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाली काङ्ग्रेसका जिल्ला सभापती बिश्नु खनाल मुस्कान , जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा , शितगंगा नगरपालिकाका प्रमुख सुर्य अधिकारी , सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक लगायतको उपस्थिती रहेको थियो ।
जिल्लाभरका पालिकाहरुले अनेकौ शिर्षकमा खर्च विवरण पेस गर्दै वार्षिक दशौ करोड भष्ट्रचार गर्दै आएको बताएको बेला सन्धिखर्कमा चरम लापरबाही भएको छ ।
किर्ते सहभागी
सनपा १२ का वार्ड अध्यक्ष नारायण खड्काबाट सुचना माग