अर्घाखाँची अस्पतालमा अबको ३ दिनमा अक्सिजन उत्पादन शुरु हुने, अस्पतालको मुहार फेरियो


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला  अस्पतालमा अत्याधुनिक अक्सिजन पलान्ट निर्माण कार्य शुरु भएको छ । 
जिल्ला  अस्पतालमा निर्माण गरिने अक्सिजन पलान्ट आईतबार सन्धिखर्कमा आई पुगेको हो । 
अर्घाखाँची अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालका अनुसार भोलीबाट जडान शुरु गरिने हो । 
साथै अबको ३, ४ दिनमा जिल्लामा अक्सिजन उत्पादन हुने अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए । 
उता जिल्ला अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरहरु बुटवलमा रिफिल गर्दै ल्याइएको छ ।
अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजनको  आपूर्ति गर्न कठिनाई भएको बेला गत जेष्ठ ३ गते सोमबार तात्कालिन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री  टोपबहादुर रायमाझीले अत्याधुनिक अक्सिजन प्लान्ट निर्माणका लागि पहल शुरु गरेका थिए ।