अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीले कम्युनिस्ट पार्टीका संस्थापक नेता नर बहादुर कर्माचार्यको ८ औं स्मृति दिवस मनाएको छ ।
सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँचीले शनिबार कर्माचार्यको ८ औं स्मृति दिवस मनाएको हो ।
कार्यक्रम माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिक, छम कुमारी खनाल, राजेन्द्र भुसाल, विष्णु ढुङ्गना, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला संयोजक ठाकुर कुमार विकले नर बहादुर कर्माचार्यले २००६ सालमा कम्युनिष्ट पार्टी स्थापनाका लागि पुराएको योगदानको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनलाई नजिकबाट बुझेको बताए ।