अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा वार्ड नम्बर ८ का वडाध्यक्ष स्व. इश्वरी प्रसाद भुसालको शोकसभा कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका कार्यालयको आयोजनामा सोमबार वडाध्यक्ष स्व. भुसालको असामयीक निधनमा शोकसभा कार्यक्रम सम्पन्न भएको हो ।
वडाध्यक्ष भुसालको असामयीक निधनले नगरपालिकामा एउटा असल अभिभावक गुमाउदा अपुरणिय क्षति भएको र उहाँले मन्तव्य राख्दै भुसालले देखाएको बाटो र प्रेरणा मा पार्टी अगाडि बढ्ने उपस्थितले बताएका थिए ।
शोकसभामा नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको उपस्थिती रहेको थियो ।
उता भुसालको कोरोना संक्रमणका कारण निधन भएपछि शोक मनाउन नगरपालिका र सबै वार्ड कार्यालय बन्द हुने भएका छन् ।
सन्धिखर्क नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष भुसालको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ।
नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा त्यस मातहतका १२ वटै वार्ड कार्यालयका अत्याबश्यक बाहेकका सम्पुर्ण काम आज सोमबारदेखि श्रावण १७ गतेसम्म बन्द गर्ने तथा सबै वार्ड र नगरमा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनु भयो ।
वडाध्यक्ष इश्वरी प्रसाद भुसालको आईतबार कोरोना संक्रमणका कारण निधन भएपछि सन्धिखर्क शोकमा डुबेको छ । यस्तै आज ११ गतेदेखि १५ गते सम्मको लागि पकले बजार बन्द गरिएको छ ।
वार्ड अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको थियो ।
भुसाल संक्रमण भए लगतै साउन ३ गतेदेखि जिल्ला अस्पताल अर्घाखाँचीको आइसोलेसनमा उपचाररत थिए । भुसालको अबस्था गम्भीर बनेपछि साउन ७ गते बुधवार साँझ ५ बजे हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
भुसालको काठमाडौं स्ठित पशुपति आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको थियो । वडाअध्यक्ष इश्वरी प्रसाद भुसालको पार्थिव शरिरमा एमाले नेता टोप बहादुर रायमाझीले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको छ ।
वार्ड अध्यक्ष स्व. भुसालले किमडाँडा स्थित श्री जनता कृष्ण उच्च मावीका पुर्व प्राचार्य, शिक्षक युनियन अर्घाखाँचीका पुर्व अध्यक्ष तथा सन्धिखर्क नगर सामाजिक परिचालन समितिका संयोजक, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य थिए ।