सन् 2010 को विश्व महिला शिखर सम्मेलन पैचिंगमा आयोजना भइरहेको छ। विश्वव्यापी विभिन्न क्षेत्रबाट आएका हजारौं उत्कृष्ट महिला प्रतिनिधिहरुको संयुक्त प्रयासबाट आर्थिक विकासमा महत्वपूर्ण भूमिका बढ्ने अपेक्षा गरिएको छ।
आज एकाईस तारिखका दिन सरकार , बहुराष्ट्रिय कम्पनी र गैरसरकारी संस्थाबाट आएका महिला नेतृहरुले महिलाको आर्थिक स्तर उकास्ने विषयसम्बन्धी विषयमा छलफल गरेका छन्। सो सम्मेलनमा उद्योगको तरिका परिवर्तन ,सरकारले महिलामा बढी ध्यान दिनुपर्ने र विश्वमा महिलाको नेतृत्वसम्बन्धी क्षमतालाई अघि बढाउने विषयहरुबारे पनि छलफल भएको छ।