अनिस मिया | अर्घाखाँचीडट्कम संवाददाता
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा मुस्लिम धर्मावलम्बीहरुले यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउने निर्णय सार्वजनिक गरेका छन् ।
विश्वमा कोभिड–१९ को महामारी फैलिएको बेला जिल्लामा मुस्लिम धर्मावलम्बीहरुले यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउने निर्णय सार्वजनिक गरेका हुन् ।
अर्घाखाँचीमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई नेपाल सरकारको गाईड लाईन अनुसार यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध गरेका छन् ।
यस्तै छत्रदेव गाउँपालिकाको अर्बुनमा मुस्लिम धर्मावलम्बीहरुले यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउने निर्णय सार्वजनिक गरेका छन् ।
अर्बुन इमामबाडा समितीका अध्यक्ष मबु मियाले मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गर्नुभएको छ । छत्रदेव गाउँपालिकामा रहेका मुसलमान धर्मावलम्बीहरुलाई नेपाल सरकारको निर्देशिकाअनुसार यसपटकको मोहर्रम पर्व घरमै बसी मनाउन अनुरोध गरिएको अध्यक्ष मबु मियाले अर्घाखाँचीडट्कम मार्फत जानकारी दिनुभयो ।
जिल्लामा यो वर्ष मोहर्रम पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुुसको कार्यक्रम स्थगन गरिएको छ ।
यो महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित शहादत अर्थात् बलिदानी दिएकाले त्यसैको स्मरणमा मोहर्रम पर्व मनाउने गरिएको उल्लेख छ ।
अर्घाखाँचीमा निषेधाज्ञा साउन ३० गते राती १२.३० सम्म जारी रहेको छ ।