अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची मिडिया हाउस प्रा.लीको नियमित बैठक सम्पन्न भएको छ ।
सन्धिखर्कमा सोमबार अर्घाखाँची मिडिया हाउस प्रा.लीका संस्थापक प्रमुख मेहर सिंह के.सीको अध्यक्षतामा नियमित बैठक सम्पन्न भएको हो ।
बैठकले परिचयपत्र व्य्वस्थापन तथा संस्थाको वित्तिय प्रतिवेदन सम्बन्ध लगायतमा छलफल गरेको थियो । साथै बैठकले विभिन्न ३ बुँदे निर्यण पारित गरेको छ ।
नियमित बैठकमा अर्घाखाँचीडट्कमका सम्पादक सन्तोष के.सी, व्यवस्थापन प्रमुख बसन्त खड्का, समाचार प्रमुख केशब राज ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।