ç
भिम बिसी
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तलाई निजामती सेवा पुरस्कार २०७८ बाट पुरस्कृत गरिने भएकाे छ ।
निजामती सेवा दिवस २०७८ का अवसरमा निजामती सेवा पुरस्कार पाउने देशकाे एक मात्र पालिका छत्रदेव गाँउपालिका परेकाे हाे ।
१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् ।
निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, गएको वर्ष जस्तै यसपालि पनि सरकारले सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।